News

शुक्रबार बिहानै गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, सबैभन्दा धेरै नवलपरासीमा

काठमाडौं, १२ असार । गण्डकी प्रदेशमा एका बिहानै थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जना तनहुँमा २ जना, स्याङ्जा र बाग्लुङमा एक-एक जना रहेका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार देश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप नयाँ २५ जनामा कोरोना पुष्टि भएको हो ।

शर्माका अनुसार स्याङ्जाका कालिण्डकी गाउँपालिकामा १ जना ५८ वर्षीय पुरूष, तनहुँको व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरूषहरूमा कोरोना पुष्टि भएको छ । त्यस्तै बाग्लुङको बरेंङ गाउँपालिकाका २३ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको छ । नवलपरासीका गौडाकोट नगरपालीकामा २३ वर्षदेखि ५३ वर्षसम्मका ७ जना पुरूषहरूमा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै कावासेती नगरपालीकामा १८ वर्षदेखि ५८ वर्षसम्मका १२ पुरूषहरूसँगै २५ र ३५ वर्षीया महिलाहरूमा कोरोना पुष्टि भएको छ । शर्माका अनुसार उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ।

Related Articles

Back to top button
Close