News

क्वारेन्टिनको ढोका फोडेर क्वारेन्टिनका सम्पुर्ण सामग्री चोरी, छाडेनन् चम्चा पनि

बाजुरा ।बाजुरामा त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ ।खाली रहेको क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको बताइएको छ ।

क्वारेन्टिनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ तथा क्वारेन्टिनमा बस्नेका लागि खरिद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको बताइएको छ । चोरी भएको खबर पाएपछि प्रहरीले खोजी गर्न सुरु गरेको छ ।

Related Articles

Back to top button
Close