News

चट्याङ लागेर भारतमा १०७ को ज्यान गयो, अबको तीनदिनसम्म भारी वर्षा हुने चेतावनी

एजेन्सी -भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार मृत्यु हुनेमा बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ रहेका छन् ।

बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर बिहारमा ८३ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएका छन् । त्यस्तै बिहारमा अबको तीनदिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरिएको छ ।

भारी वर्षाका कारण जन धनको क्षती हुने, तल्लो स्थान जलमग्न हुने, यातायात र विजुली आपूर्ती अवरोध हुने र नदीको जलस्तरमा वृद्धि हुनसक्ने चेतावनी दिइएको छ ।शुक्रबारका लागि राज्यका लगभग १० जिल्ला रेड जोन घोषित गरिएको छ । जसमा पूर्वी चम्पारण, पश्चिमी चम्पारण, गोपालगञ्ज, सितामढी, मधुबनी, सुपौल, अररिया, किशनगंज, पूर्णिया, सहरसा र मधेपुरा रहेका छन् ।

Related Articles

Back to top button
Close