News

गुल्मीमा शुक्रबार बिहानै पाँच वर्षीय बालक सहित थपिए १२ जना संक्रमित

१२ असार, काठमाडौंः शुक्रबार बिहान गुल्मीमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा भएको पिसिआर परिक्षणमा गुल्मीमा थप संक्रमित फेला परेका हुन् । थपिएका संक्रमितहरुमा धुर्कोट गाउँपालिकामा ५ जना, इस्मा गाउँपालिकामा ४ जना र रुरु क्षेत्र गाउँपालिकामा ३ जना गरी १२ जना रहेको गुल्मीको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार थपिएका संक्रमितहरुमा धुर्कोटका २९, ३६, ३५ र २३ वर्षका पुरुष छन् भने १९ वर्षिया महिला रहेकी छिन् । त्यस्तै, इस्मा गाउँपालिकामा थपिएका संक्रमितहरुमा २०, ३४ र २६ वर्षका ती पुरुष रहेका छन् भने एक जना २२ वर्षकी महिला रहेकी छिन् । रुरुमा थपिएका संक्रमितमा एक जना ५ वर्षीय बालक र अन्य दुई जना २८ र ३५ वर्षी पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै गुिल्मीमा कुल १ सय ५७ जना कोरोना संक्रमित भेटिएका छन् भने कुल २० जना डिस्चार्ज भएका छन् । त्यस्तै ,तीन जना गुल्मी जिल्लामा नै कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ ।

Related Articles

Back to top button
Close