News

१२ वर्षीया बालिका सम्झनाको न्यायका लागि अगाडी आए एलिजादेखि सोनिका

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको परिवारले अहिलेसम्म न्याय पाउन सकेको छैन । यस्तै प्रकृतिको अर्को घटना बझाङमा घटेको छ । सम्झना विश्वकर्माको घटनामा जोडिएकाको आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ ।गत बुधबार बालिकामाथी सोच्नै नसक्ने घटना भयो । मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको लाश सिममाडौं मन्दिरमा फेला परेको थियो ।

सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध यस्तै घटनामा जोडिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । उनका अनुसार बोहराले गत साउन २६ मा खिकालाकै १४ वर्षीया दलित बालिकालाई यस्तै गरेको घटनालाई गाउँमै गुपचुप मिलाइएको खुलेको हो ।

साँझ ५ बजेतिर धनचडी बोहराको पानीघट्टमा अन्न पिस्न पुगेकी बालिकालाई उनले इज्जत लुटेका थिए । त्यो बारे आइतबार मात्रै जाहेरी आएको डीएसपी खड्काले बताए ।५ कक्षामा पढ्ने ती बालिकाले तीन दिनपछि मात्रै घटनाबारे आफ्नी भाउजूलाई सुनाएकी थिइन् । त्यसपछि परिवारले पञ्चायती बसालेका थिए । पञ्चायतीमा ‘एकै गाउँका भाइबहिनी हुन्, यत्तिको घटना भइहाल्छ’ भन्दै पाँच सय जरिवाना गराएर घटना गाउँमै सामसुम पारेका थिए ।दुवै पक्षबीच भएको मिलापत्रमा राजेन्द्रका बुवा र बालिकाका दाजुसहित ६ जनाले हस्ताक्षर गरेका छन् । मिलापत्रमा बच्चा पेटमा बसेको खण्डमा युवकले जिम्मा लिने’ व्यहोरा उल्लेख छ ।

सामाजिक सञ्जालमा नायिका नायिका एलिजा गौतमले लेखेकी छिन,‘ कति सरकारको मुख ताकेर बस्ने हामी ? कती चुपलागेर बस्ने । यो भन्दा अति कस्तो होला ? अब के हामी जनता सडक मा उत्रिएर आ$गो लाउनु परेको हो सरकार । अब हामी सहन सक्दैनौ हाम्रो छोरी लाई न्याय देउ नत्र हामी जनतालाई थाहा छ अब के हुन्छ यसको परिणाम ।’ लामो समयदेखि चर्चित युट्यबर सोनिका रोकाया पनि सम्झनाको न्यायका लागि लागिरहेकी छिन्

Related Articles

Back to top button
Close