News

कुलमान घिसिङ भइञ्जेल प्राधिकरण सबस्टेसनको प्यानलबोर्डमा नपसेको मुसा अहिले कसरी पस्यो ?

काठमाडौं । केही दिनयता देशभरि विद्युत झ्याप्प झ्याप्प गइरहन्छ । कहिले त १२–१४ घन्टासम्म पनि विद्युत आउँदैन । प्राधिकरणको नो लाइट शाखामा फोन गर्दा ९० प्रतिशत फोन नै उठ्दैन । नभए व्यस्त बनाएर राखिन्छ । दुई साताअघिसम्म नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ हुँदा यसरी बत्ती जाँदैनथ्यो । गइहालेमा पनि तुरुन्तै आउँथ्यो । नो लाइटमा तुरुन्तै रेसपोन्स हुन्थ्यो । तर, अहिलेको अवस्था र’हस्य’मय देखिएको छ ।

देशभर तारान्तर बत्ती गइरहन् र भारतबाट इन्भर्टर, जेनेरेटर र ब्याट्रको आयात गरिनुले कतै चाँडै मुलुकमा लोडसेडिङ त हुन लागेको होइन ? भन्ने प्रश्न उब्जेको छ ।

यतिबेला काठमाडौं उपत्यकाका दुई दर्जनभन्दा बढी स्थानमा बत्ती छैन । बाहिरी जिल्लाको अवस्था त भन्नै परेन । आज गएको बत्ती भोलिसम्म पनि आउँदैन ।

धेरै समयसम्म बत्ती नआएपछि सेवाग्राहीले गरेको गु’नासोमा प्राधिकरणले सबस्टेसनमा मुसा पसेर यस्तो अवस्था सिर्जना भएको रेडिमेड जवाफ दिने गरेको छ ।

कुलमान घिसिङ चार वर्षसम्म प्राधिकरणको कार्यकारी निर्देशक हुँदा नपस्ने मुसा अहिले कसरी सबस्टेसनमा पस्यो भनेर जनताले सरकारसँग जवाफ माग्न थालेका छन् ।

त्यस्तै, गत चैत्र ११ गतेदेखि सरकारले घोषणा गरेको लकडाउनका कारण बन्द भएको मदिरा आयात सरकारले खोल्ने तयारी गरेको छ। लामो समयदेखि बन्द मदिरा आयात सरकारले खुला गर्ने तयारी अघि बढाएको हो । को’रोना भा’इरस सं’क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिती कम हुने ५० हजार डलरभन्दा महँगा गाडी,सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयात रोकेको थियो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार अब म’दिराको आयात पनि खुला गर्ने विषयमा केही दिनमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको छ,दसैं अगाडि नै यो निर्णय हुन्छ। नेपालमा विदेशबाट महँगा म’दिरा भित्रिने र त्यसको असर विदेशी मुद्रा सञ्चितिमा पर्ने भन्दै आयात रोक्ने निर्णय भएको थियो।

मदिरा तथा म’दिराका क’च्चा पदार्थ गरी वार्षिक ५ अर्ब रूपैयाँभन्दा धेरैको आयात हुने गरेको छ। त्यसबाट सरकारले मासिक ५० करोड रूपैयाँको हाराहारीमा राजस्व संकलन गर्ने गरेको थियो। औद्योगिक प्रयोजनका लागि ल्याइने मरिचको आयात खुलिसकेको छ भने सरकारले निर्णय गर्नुअघि आयातको प्रक्रिया थालिएका केराउ र छोकडा पनि भित्रिन दिने निर्णय भइसकेको छ।

Related Articles

Back to top button
Close