News

भरतपुरमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना पुष्टि, चितवनमा मात्रै संक्रमितको संख्या ५५ पुग्यो

चितवन–भरतपुरमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै चितवनमा संक्रमितको संख्या ५५ पुगेको छ । हिजो भेटिएका १२ मध्ये नौ संक्रमित माडी नगरपालिकाका रहेका छन् ।

चितवनका संक्रमितमध्ये बाँकी तीन जना भरतपुर महानगरपालिका–१५ की महिला र भरतपुर–१६ का पुरुष तथा रत्ननगर–४ की महिला रहेकी छन् । अन्य संक्रमितमा नवलपुर, गैंडाकोटका सात, कावासोतीका १४ जना र चितवन मेडिकल कलेजको भरतपुरमा रहेका शिक्षण अस्पतालमा उपचार गराइरहेका गोदावरी–७ का ५० वर्षीय पुरुष छन् ।प्रयोगशालामा बिहीबार २ सय १४ वटा नमुना परीक्षण भएको थियो ।

Related Articles

Back to top button
Close