News

आईरन लगाउँदा क’रेन्ट लागेर १६ वर्षीया श्रेया सहित ३ जनाको मृ’त्यु

रुपन्देही । प्युठान, स्वर्गद्वारी नगरपालिका–३ उपल्लो भिंगृ बस्ने १६ वर्षीया श्रेया नेपालीको क’रेन्ट लागेर सोमबार बिहान मृ’त्यु भएको छ । आफ्नै घरमा कपडामा आईरन लगाउने क्रममा अचानक क’रेन्ट लाग्दा ग’म्भीर घा’इते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारको क्रममा मृ’त्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

शुद्धोधन गाउँपालिका–३ दोगाना बस्ने ४० वर्षीय तारा सिंह थारुको क’रेन्ट लागेर आइतबार मृ’त्यु भएको छ । सोही गाउँपालिका–४ फर्साटिकर बस्ने राधा आचार्यको निर्माणधिन घरमा प्लास्टरको काम गर्ने क्रममा नाङगो तारमा छुन गई क’रेन्ट लागेर ग’म्भीर घा’इते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

यता ललितपुर, ललितपुर महानगरपालिका–२३ धापाखेल डाउनटाउन बस्ने बारा देवताल गाउँपालिका घर भएका ४० वर्षीय नगेन्द्र महतोको क’रेन्ट लागेर मृ’त्यु भएको छ । सोही ठाउँ बस्ने मान बहादुर केसीको घरको बाहिरपट्टी टायल राख्ने क्रममा बाँधेको खटको बाँसले हाईटेन्सन लाइनमा छुँदा क’रेन्ट लागेर ग’म्भीर घा’इते भएका उनको उपचारको लागि सुमेरु अस्पताल धापाखेलतर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो ।

Related Articles

Back to top button
Close