News

भारत-चीन विवादको बाहनामा दक्षिण-पूर्वी एशिया सेना बढाउँदै अमेरिका

काठमाडौं- दक्षिण–पूर्वी एशियाका दुई ठूला देश भारत र चीनबीचको सीमा विवादलाई देखाउँदै अमेरिकाले यस क्षेत्रमा सेनाको संख्या बढाउन लागेको छ।

बिहिबार अमेरिकी विदेश मन्त्री माइक पम्पियोले ब्रसेल्स फोरममा चीनबाट भारत र दक्षिण–पूर्वी एशियामा बढेको भन्दै अमरीकाले यूरोपमा सेनाको संख्या कम गर्ने निर्णय गरिएको बताए।

  1. युरोपबाट घटाइएको सेना दक्षिण–पूर्वी एशियामा परिचालित गर्ने योजना अमेरिकाको रहेको छ।

पम्पियोले चिनियाँ कम्युनिस्ट पार्टीको कारबाही भारत, भियतनाम, इन्डोनेशिया, मलेशिया, फिलिपीन्स र दक्षिण चीन सागरका लागि खतरा रहेको बताए।

‘चीनको जनमुक्ति सेनाको सामना गर्न तयार रहेको कुरा हामी शुनिश्चित गर्न चाहान्छौं,’ अमेरिकी विदेश मन्त्रीले भने, ‘मलाई लाग्छ कि हाम्रो समयको यो चुनौती हो र हामी हाम्रो तयारी पुरा रहेको शुनिश्चित गर्न चाहान्छौं।’

हालै अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपको जर्मनीबाट आफ्नो सेनाको तादाद घटाउने घोषणा गरेका थिए।

जर्मनीमा अमेरिकाले सेनाको संख्या ५२ हजारबाट घटाएर २५ हजारमा झार्न गइरहेको छ।

Related Articles

Back to top button
Close