News
क्वारेन्टाइन बनाइएको विद्यालयमा आगो लाग्दा भारतबाट फर्केकालाई कहाँ राख्ने भन्ने समस्या, लाखौँको क्षती
डोटी, असार १२ । क्वारेन्टाइन बनाइएको विद्यालयमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
घटना हो डोटीको केआइसिंह गाउँपालिकाको ।
जहाँ क्वारेन्टिनको रुपमा प्रयोग हुँदै आएको विद्यालयमा आगलागी भएको हो ।
गाउँपालिकाको वडा नम्वर ६ मा रहेको देवस्थल माध्यमिक विद्यालयमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई त्यस विद्यालयमा बनाइएको क्वारेन्टिमा आगलागी भएपछि अहिले समस्या उत्पन्न भएको छ ।