News

आफ्नो ज्यान लिनु पहिले टिकटक क्विन सियाले शेयर गरेकी थिइन् यस्तो भिडियो, मृत्यु पछि बन्यो भाइरल

एजेन्सी – बलिउड चर्चित अभिनेता सुसान्त सिंहले राजपुतले सुसाइड गरेको केही दिन नबित्दै फेरी यस्तै अर्को खबर पनि बाहिर आएको छ । १६ वर्षे सोशल मीडिया स्टार सिया कक्कड़ले पनि आत्महत्या गरेकी छन् । सोसल मिडियामा पपुलर बनकी सियाले आत्महत्या गरेपछि उनका फ्यानहरु चिन्तामा परेका छन् ।

कक्कडको आत्महत्याको खबरले धेरैलाई आश्चर्यमा पारेको छ । उनले आत्मत्महत्या गर्नुको कारण भने खुलि नसकेको भारतिय मिडियाले जनाएका छन् । सिया टिकटकमा अत्यन्तै चर्चित थिइन् । सिया सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्थिन् । उनी निककट भविष्यमा नै ठूलो प्रोजेक्टमा देखिने तयारीमा थिइन् तर उनले आत्महत्या गरिन् ।

अनुसन्धानका अनुसार टिकटकमा भाइरल भएकी सियालाई विभिन्न प्रकारका धम्की आइरहेका थिए । त्यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ । उनले आत्महत्या गर्नुभन्दा केही घण्टा अगाडि टिकटकमा केही भिडियो शेयर गरेकी थिइन् जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

Related Articles

Back to top button
Close