News

दाङमा आज मात्रै ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

दाङ – दाङमा आज मात्रै ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा दाङका ७५ जना कोरोना पुष्टि भएको हो ।

योसँगै सङ्क्रमितको सङ्ख्या चार सय ५५ पुगेको छ ।कोरोना पोजिटिभ देखिनेमा राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ जना र घोराहीका ३१ जना रहेका छन् ।

यस्तै लमहीका तीन जना, बङ्गलाचुलीका १० जना राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका तीन जनामा कोरोना पुष्टि भएको हो । यस्तै प्युठानका २० जना गरी ९५ जनामा कोरोना पोजिटिभ देखिएको बताइएको छ ।

Related Articles

Back to top button
Close