News

मलेसियाबाट आज १८ नेपालीको शव र भोली साउदीबाट पनि १६ जनाको शव नेपाल ल्याइदै

काठमाडौँ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा अलपत्र शव ल्याउन सरकारले सुरु गरेको छ । आज मलेसियाबाट १८ जना नेपालीको शव ल्याइदैछ ।

आज मलेसियाबाट आउने चाटर्ड विमानमा र इलामको पदमबहादुर सारु, बाग्लुङ्का शिव पुन मगर, नवलपरासीका पुनरवासी पुरी, नुवाकोटका दिपक भट्टराई, महोत्तरीका भरोसी यादव, महोत्तरीका दुःखीलाल मण्डल खान र मनोजकुमार यादव, बाराका प्रवेश कुमार खतवे र रुकुमका कुवीराम ओलीको शव ल्याईंदैछ ।

वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा आज सिरहाका बलराम ठाकुर, जाजरकोटका बीरबहादुर कामी, धनुषाका बिपिन महरा, बाराका राजाराम चौधरी, सल्यानका प्रेम बि।क, पाँचथरका जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा, रोल्पाका विजयबहादुर बोहराको शव नेपाल ल्याउन लागीएको हो ।

त्यस्तै साउदीबाट भोलि शनिबार बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको शव लिएर आउँदैछ । यसअघि कतारले असार ६ गते २० जना नेपालीको शव कतार एअरवेजको चार्टर्ड उडानमार्फत नेपाल पठाएको थियो ।

Related Articles

Back to top button
Close