News

कोरोनाको एकदिन पक्कै हार हुनेछ, मानव सभ्यताको जीत हुनेछ: हरिवंश

काठमाडौं – नेपालमा पनि कोरोका संक्रमण फैलिने डरले उच्च शतर्कता अपनाइएको छ । सरकारले नै कोरोनाबाट जोगिन र सकभर भीड नबनाउन आह्वान गरिरहेको छ ।

नेपाली सेलिब्रेटीहरु पनि यतिबेला फुर्सदिला बनेका छन् । कलाकारहरु यतिबेला सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् ।यसैबीच अभिनेता हरिवंश आचार्यले सबै नेपालीलाई सचेत हुन तर नडराउन आह्वान गरेका छन् । सामाजिक सञ्जालमा सन्देश दिँदै हरिवंश भन्छन्, ‘कोरोनासँग हामी तर्सियौं भने रोगसँग लड्ने क्षमता बिग्रेर जानेछ, सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक समाचार आइरहेका छन्, नकारात्मक समाचार पढ्दै नपढौं ।’

उनले यसलाई परिवारसँग बस्ने एक मौका समेत भएको बताएका छन् । आचार्यले फुर्सदको समयमा घरमा बसेर राम्रा चलचित्र हेर्ने र पुस्तक पढ्ने बताएका छन् ।‘म त घरमा बसेर राम्रा चलचित्र हेरिरहेको छु, किताब पढिरहेको छु,’ हरिवंश भन्छन् ।

उनले एकदिन कोरोनाको पक्कै हार हुनेमा पनि दुई मत नभएको प्रतिक्रिया दिएका छन् । ‘कोरोनो एकदिन पक्कै पनि हार हुनेछ र मानव सभ्यताको जीत हुनेछ ।,’ हरिवंशको भनाइ छ ।साथै हरिवंशले सकेसम्म केही समयका लागि घरबाट बाहिर ननिस्कन पनि अनुरोध गरेका छन् ।

Related Articles

Back to top button
Close