News

अछामकी गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

अछाम- अछामको तुर्माखाद गाउँपालिकाकी १८ वर्षीया मनिषा उखेडालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

गर्भवती अवस्थामा रहेकी उखेडा लामो समयदेखि सुत्केरी हुन नसक्दा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उहाँलाई उद्धार गरी सुर्खेत लगिएको अछामका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था राम्रै भए पनि सुत्केरी हुने समय गुज्रिसकेकाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत अस्पताल पठाइएको जिल्ला अस्पताल अछामका चिकित्सकले जनाएका छन् ।

Related Articles

Back to top button
Close