News

कोरोनाका कारण आलपत्र परेका ८३ नेपाली बेलायतबाट नेपाल फर्किए

काठमाडौं-बेलायतबाट ८३ नेपाली स्वदेश फर्किएका छन् । कोरोनाका कारण आलपत्र परेका ८३ नेपाली आज स्वदेश फर्किएका छन् ।पहिले स्वदेश फर्कन इच्छुकहरु पनि भाडा सोचे भन्दा महंगो भएका कारण पनि पछिल्लो समयमा नजाने मनस्थितिमा पुगेकाले चार्टर्ड फ्लाइटबाट ८३ जनामात्र फर्किएको बताइएको छ ।

एनआरएन यूकेको पहलमा बेलायतस्थित नेपाली दुतावासले चार्टर्ड फ्लाइट मिलाइदिएपछि उनीहरु स्वदेश फर्कन पाएका हुन् ।एनआरएन युके र नेपाली दूतावासले संकलन गरेको सूचीमा रहेका ४ सय २० जनाले नेपाल फर्कन रुची देखाएका छन् ।

Related Articles

Back to top button
Close