News

महानगरीय अपराध महाशाखाका एक प्रहरीमा कोरोना देखिएपछि, ३० प्रहरी क्वारेन्टिनमा

काठमाडौं- महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ति प्रहरीमा कोरोना देखिएपछि उनीसँगै बस्ने करिब ३० जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको बताइएको छ।

बिदामा खोटाङ गएका उनी लकडाउन खुकुलो भएपछि असार ७ गते काममा फर्किएका थिए। त्यसपछि स्वाब परिक्षण गर्दा उनका कोरोना पुष्टि भएको थियो ।

उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको बताइएको छ । ट्रेसिङ गर्दा बढी सम्पर्कमा आएका पाँच जना छुट्टै र अन्य २५ जनालाई महाशाखा परिसरभित्रकै ब्यारेकमा क्वारेन्टिन बनाएर राखिएको बताइएको छ।

Related Articles

Back to top button
Close