News

जनताको स्वास्थ्यका लागि अनसन बसेका सामाजिक अभियन्ता ईः पक्राउ

१२ असार, काठमाडौंः सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दा शुक्रबार दिउँसो १ बजेबाट अनसनमा बसेका सामाजिक अभियन्ता ईः (ईशान)लाई प्रहरीले पक्राउ गरेको छ । उनी पाटकस्थित कृष्णमन्दिर परिसरमा शुक्रबारबाट आमरण अनसन बसेका थिए । त्यहाँबाट उनर्लाइ महानगरिय प्रहरी परिसर ललितपुरले नियन्त्रणमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महामारीको समयमा अनसन बस्दा असुरक्षित हुनेभन्दै प्रवक्ता तथा एसपी तुलबहादुर कार्कीले बताए । प्रवक्ता कार्कीले भने, ‘महामारीको बेला स्थानीय आक्रमण गर्ने डर हुन्छ । यस्तो बेलामा असुरक्षित पनि हुने भएकाले उहाँलाई परिवारको जिम्मा लगाईदिने गरि हामीले ल्याएका छौं ।’ प्रहरीले सामाजिक अभियन्त ईःलाई अनसन नबस्न पनि भनेका छन् ।

अर्कातिर, अनसनरत ईःले भने आफ्ना १४ बुदे मागहरु पुरा गर्न सरकारलाई समय दिएका छन् ।

Related Articles

Back to top button
Close