News

काठमाडौंकी १६८ किलोग्रामकी महिलाले जन्माइन् नर्भिक इन्टरनेसनल हस्पिटलमा स्वस्थ शिशु

काठमाडौं, असार १३-काठमाडौंमा एक सय ६८ किलोग्रामकी एक महिलाले शिशुलाई जन्म दिएकी छन्। ३१ वर्षीया महिलाले शुक्रबार शल्यक्रियामार्फत् नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा शिशुलाई जन्म दिएकी हुन् । अहिले आमा र बच्चा दुबै अबस्था सामान्य रहेको बताइएको छ । तौल असामान्य भए पनि ती महिलालाई कुनै रोग नरहेको बताइएको छ ।अस्पताल स्रोतका आधुनिक प्रविधिको उपयोग गरेर ती महिलाले सन्तान जन्माएकी हुन्।

अस्पतालकी बाँझोपन रोग विशेषज्ञ एवं ल्याप्रोसकोपिक सर्जन डा। नूतन शर्मा नेतृत्वको टोली शल्यक्रियामा संलग्न थिए। शिशुको तौल २।९५ किलोग्राम छ।मुलुकमा शल्यक्रियाले १ सय ६८ किलोग्रामकी महिलाको प्रसूति भएको सम्भवतस् यो नै पहिलो पटक हो ।’ मोटोपनले गर्दा गर्भाधान सहज नहुने भनिए पनि आधुनिक प्रविधिको उपयोग गरेर ती महिलाले सन्तान जन्माएको हो । ती महिलाको प्रसूतिका क्रममा निकै सावधानी अपनाइएको अस्पतालले जनाएको छ ।

Related Articles

Back to top button
Close