News

कोरोनाकै बिच भारतमा अर्को प्रकोप, चट्याङ्ग लागेर १ सय १२ जनाको मृत्यु

१३ असार, काठमाडौंः भारतमा पछिल्ला केही दिनमा चट्याङ्गका कारणलले निकै मानिसले ज्यान गुमाएका छन् । मनसुन बढेसँगै भारतमा पछिल्ला दिनहरुमा निकै ठूला चट्याङ्ग परिरहेका छन् । चट्याङ्गका कारण हालसम्म ११२ जनाको मृत्यु भईसकेका छ ।

भारतको बिहार र उत्तर प्रदेशमा बिहिबार चट्याङ्गका कारणले निकै क्षती भएको छ । दुवै ठाउँमा विभिन्न स्थानमा गरि कुल ११२ जनाको मृत्यु भएको छ । त्यस्तै, चट्याङ्ग लाग्नाले २० जना घाइते भएका छन् । कुल मृत्यु मध्ये विहारमा मात्रै ८८ जनाको ज्यान गएको छ । बिहारको गापालगञ्ज जिल्ला सबैभन्दा प्रभावित भएको छ । यो स्थानमा चट्याङ्गले १३ जनाको मृत्यु भएको छ ।

प्राकृतिक प्रकोपका कारण मृत्यु भएका मानिसहरु प्रति प्रधानमन्त्री मोदी तथा अन्य विभिन्न नेताहरुले समबेदना प्रकट गरेका छन ।

Related Articles

Back to top button
Close