News

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख कट्यो, एकै दिनमा थपिए १८ हजारभन्दा बढि संक्रमित

१३ असार, काठमाडौंः भारतमा कोरोना भाइरसको संक्रमितको संख्या पाँच लाखभन्दा बढि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कुल १८ हजार ५ सय ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या पाँच लाखभन्दा बढि भएको हो । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या कुल ५ लाख ८ हजार ९ सय ५३ पुगेको छ ।

त्यस्तै, भारतमा हालसम्म मृत्यु हुनेको संख्या १५ हजार ६ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कुल ३ सय ८४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close