News

क्वारेन्टाइनमा खाना बनाउने काम गर्नेको मृत्यु

१३ असार, काठमाडौंः बैतडीमा क्वारेन्टिनमा खाना बनाउने एक जना व्यक्तिको मृत्यु भएको छ । बैतडी जिल्लामै दशरथचन्द नगरपालिकामा बस्ने ५० वर्षिय पुरुषको आज बिहान मृत्यु भएको हो ।

नगपालिकाकी उपप्रमुख मिना भन्दका अनुसार उनको आज बिहान ७ बजेतिर मृत्यु भएको हो । स्वास्थ्यमा सामान्य समस्या देखिएका उनको आव बिहान मृत्यु भएको चन्दले बताईन् ।

बैतडी जिल्लाको बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा खाना बनाउने उनको आज बिहान मृत्यु भएको छ । उनले आईसोलेसन र क्वारेन्टाइनमा बस्नेहरुलाई खाना बनाएर खुवाउने गर्थे । विगत १० दिनदेखि विदामा रहेको उनको आज बिहान मृत्यु भएको हो ।

घर जानु अघि दुई पटक आरडिटी गर्दा नेगेटिभ आएका उनको मृत्यु पछि भने पिसिआर परिक्षण गर्नका लािग स्वाब संकलन भईरहेको छ ।

Related Articles

Back to top button
Close