सुशान्तको बुवाले भावुक हुँदै भने : रक्षा बन्धनमा भाइ चाहियो भनेर ४ छोरीले जिद्दी गरेपछि ३ वर्ष भाकल गरेर जन्मेको थियो सुशान्त !
मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले को मृत्यु पछि बलिउडकर्मीले दुःख व्यक्त गरेका छन् । केही महिनादेखि डि प्रेसनमा रहेका सुशान्तको घटनाले बलिउडमा ‘नेपोटिज्म’ माथि बहस शुरु भएको छ ।
‘एमएस धोनी’ र ‘छिछोरे’ जस्ता फिल्ममा दमदार अभिनय गरेका सुशान्त सिंहले ३४ वर्षको उमेरमा देहत्याग गरेका थिए । उनको फिल्म ‘दिल बेचारा’ प्रदर्शनको तयारीमा छ ।
पोस्टमार्टम रिपोर्टमा सुशान्तको झु ण्डिएर सास फेर्न गाह्रो भई मृत्यु भएको लेखिएको छ । सुशान्तको यो निर्णयले उनका फ्यानहरु चिन्तित बनेका छन् । आफ्नो एक मात्र छोरा गुमाएका सुशान्तका वुवाको आँखा भने अझै ओभाएको छैन । उनी अहिले पनि आफ्ना छोराको स्मरणमा टोलाउँदै बसेका छन् । उनले छोरालाई लिएर भविष्यका योजना बनाएका थिए । केही महिना पछि सुशान्तको विवाहको कुरा पनि चलेको थियो ।
टिभी हुँदै फिल्म क्षेत्रमा संघर्ष गरेका सुशान्तका बारेमा उनका पिता भन्छन्, ‘ऊ मलाई खबर नगरी मुम्बई गएको थियो, जेठी दिदी नितुलाई मात्र उसले भनेको थियो, छिट्टै उसले टिभीमा काम पनि पायो ।’
उनका पिताले सुशान्तले आफ्नो योग्यताका कारण मौका पाउँदै गएको बताए । उनले सुशान्तले आफै गरेको र आफ्नै योग्यताका कारण अघि बढेको बताए । ‘पछि उसलाई के भयो, मैले बुझिनँ ।,’ उनले भने । सुशान्तलाई सानैदेखि अभिनयमा रुचि भएको छोरीहरुले बताएका पिताले बताए । पिताले सुशान्त इमान्दार र व्यक्तित्वमा पक्का भएको पनि बताए । उनले भने, ‘उसलाई अभिनयमा लगाव थियो, ऊ इमान्दार थियो तर कठोर थिएन ।’
सुशान्तका पिताले करिअरको खोजीमा लागेको सुशान्तलाई कहिल्यै पनि दबाब नदिएको पनि बताए । उनले आफ्नो छोरो विशेष भएको पनि उनले बताए । सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गर्दै भने हामी सुशान्तलाई भगवानको उपहार मान्थ्यौँ तर भगवान्ले नै छिट्टै छाडेर गए । कुराकानीका क्रममा खुल्दै गएका केकेले भने, “अरु बेला वास्ता नभएपनि दिवाली खल्लो लाग्ने गर्थ्यो,छोरीहरुले भाइको रहर गरेपछि हामीले भाकल गरेर उस्लाई जन्माउको हौं”
‘हामीले धेरै पूजाआजा गरेपछि सुशान्त जन्मिएको थियो, उसले छोटो समयमै उपलब्धि हासिल गरेको थियो, ऊ विशेष आत्मा थियो,’ उनले भने, ‘जीवनकालमा मान्छेले यति धेरै उपलब्धि हासिल गर्न सक्दैनन् ।’
सुशान्तसंग विवाहका बारेमा आफुले कुरा गरेको उनले बताएका छन् । तर उनले सुशान्तको प्रमिका भनिएकी रियालाई भने नचिनेको बताएका छन् । उनले निकै आश्चर्यजनक कुरा भनेक छन् । उनले सुशान्तको साथीका रुपमा अंकितालाई मात्र चिनेको बताएका छन् ।
भारतीय सञ्चार माध्यमले रियालाई सुशान्तको प्रेमीका भनेर दावी गरिरहँदा सुशान्तका बुवाले भने आफुले सुशान्तको साथीको रुपमा अंकितालाई मात्र चिनेको बताएका छन् । शोकमा रहेका उनका वुवाले अंकिताले सुशान्तको निधन पछि पनि दिएको साथको प्रशंसा गरेका छन् ।
अंकिताले सुशान्त जिवित छँदा पनि उसको साथ कहिल्यै छोडिनन् सुशान्तको निधन पछि पनि अंकिता हाम्रो साथमा छन्, उनले भनेका छन्, म सुशान्तको साथीका रुपमा अंकितालाई मात्र चिन्छु । केही मिडियाले रियाको नाम पनि लिएका छन् तर म उनलाई चिन्दिन ।
उनले अंकितासंग आफ्नो बेलाबेलामा कुराकानी पनि हुने गरेको बताएका छन् । तर रियासंग भने आफ्नो कहिल्यै कुरा पनि नभएको बताए । मनमा सानो कुरा पनि नलुकाएर आफुलाई सबैकुरा ब्यक्त गर्ने छोराले आफ्नो जिवन नै त्याग्ने निर्णय गरे भन्ने कुरा उनलाई अहिले पनि विश्वास लागेको छैन ।
उनले भने, सानो हुदाँ मनमा केहि कुरा राख्न सक्दैनथ्यो । सबै कुरा दिदीलाई र मलाई सुनाउँनै पर्थ्यो । अंकिताले सुशान्तको निधन पछि पनि दिएको साथको प्रशंसा गर्दै उनले भनेका छन्, अंकिता हामीलाई सान्तवना दिन मुम्बई मात्र हैन सुशान्तलाई अन्तिम पटक बिदाई गर्न पटना पनि आएकी थिइन् । उनले आफुले पनि अंकितालाई निकै माया गर्ने गरेको बताएका छन् ।