News

चर्चित लोक दोहोरी गायक दीपक परियारको मृत्यु

काठमाडौ, असार १३ -चर्चित लोक दोहोरी गायक दीपक परियारको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजार बस्दै आएका उनले पटक पटक आफ्नै ज्यान लिन खोजेका थिए । श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका परियार कोठाको सिलिङ फ्यानमा पासो लगाउने क्रममा भेटिएका थिए ।

पासो लगाउदा घाइते भएका उनलाई युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । युनिभर्सल मेडिकल कलेजमा लगिएको उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको बताइएको छ । हालसम्म दर्जनौ गीतमा स्वर दिएका उनले के कारणले आफ्नो ज्यान लिने प्रयास गरेका थिए भन्ने बारे केहि खुलेको छैन् ।

Related Articles

Back to top button
Close