News

चीनले दियो भारतलाई फेरी अर्को कडा झड्का, सीमानामा भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लियो, भारतीय सेनाको हतियार समेत खोसिदियो

काठमाडौं – पछिल्ला दिनमा चीन र भारतबिचको सीमाना विबादका कारण समस्या उत्पन्न भइरहेको छ । गत साता मात्रै लद्धाखमा चिनिया सेनाको आक्रमणमा ठूलो संख्यामा भारतीय सेना मारिएसँगै भारतले पनि चिनिया सीमाना नजिकै आफ्नो गतिबिधिलाई तिब्र बनाएका बेला भारतीय सेनाको गस्ती टोलीलाई चिनियाँ सेनाले हतियारसहित नियन्त्रणमा लिएको छ ।

चिनिया सेनाले सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको दाबी गरिरहेको छ ।

चीनको सेनाले भारतीय सेनाको हतियार समेत खोसेर लगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उता भारतले भने सीमा क्षेत्रमा चिनियाँ घुसपैठ बढेको आरोप लगाउँदै आएको छ । भारतको जवाफमा चीनले सीमा क्षेत्रमा पछिल्लो समय भारतीय सेनाको उत्तेजक गतिविधि बढाएको बताउँदै आएको छ ।

Related Articles

Back to top button
Close