International

विश्वमै स्वादिष्ट परिकार बनाउने ५९ वर्षे चर्चित सेफको कोरोनाले ज्यान लियो

काठमाडौं, विश्वकै चर्चित सेफ फ्लोयड कार्डोजको अमेरिकाको न्युजर्सीमा बुधबार कोरोना भाइरस संक्रमणले मृत्यु भएको छ। सिएनएनका अनुसार कार्डोजमा केही दिनअघि कोरोना पोजेटीभ देखिएको थियो। उनले टप सेफ मास्टर्स उपाधि जितेका थिए। ‘सेफ फ्लोयड कार्डोजको निधन भएको खबर सुनाउनुपर्दा हामीलाई गहिरो दुःख लागेको छ,’ कार्डोज कार्यरत हंगर इन्क हस्पिटालिटीले एक विज्ञप्ति जारी गर्दै भनेको छ। कार्डोज त्यहाँ कलिनरी निर्देशक थिए। मार्च १८ का दिन कार्डोजमा कोरोना पोजेटीभ देखिएको थियो ।

त्यसपछि उनलाई न्युजर्सीकै माउन्टेनसाइट मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। सन् २०१७ मा सिबीएससँगको अन्तर्वार्तामा कार्डोजले आफू कसरी सेफ भएँ भन्ने कुरा बताएका थिए। ‘म वास्तवमा बायोकेमिस्ट हुुन चाहन्थेँ, तर, जब मैले आर्थर हेलीको होटल पढेँ, त्यसपछि मेरो लक्ष्य बदलियो। त्यो किताबमा ज्यादै फन थियो। म खानेकुरा बनाउने कलामा सुरुदेखि नै चाख लिन्थेँ। त्यसपछि मैले पकाउन सुरु गरेँ, जुन मेरा लागि मज्जाको अनुभव थियो,’ उनले भनेका थिए। भारतको मुम्बईमा हुर्किएका कार्डोज स्वीट्जरल्यान्डको लेस रोचेस कुलिनरी स्कुलमा अध्ययन सिध्याएर अमेरिका छिरेका थिए।

उनी तबला नामक भारतीय रेस्टुरेन्टमा एक्जुकेटीभ सेफ थिए, जुन उनले सन् १९९८ मा डेनी मेयरसँग मिलेर खोलेका थिए । त्यसपछि उनले न्युयोर्क सिटीमा पाओ वाल्ला र त्यसपछि बम्बई ब्रेड बार खोलेका थिए । उनको भारतको मुम्बईमा पनि रेस्टुरेन्ट रहेका थिए।

Related Articles

Back to top button
Close