News

एक वर्षे दूधे बालक सहित ५ जनाले जिते कोरोना, खुशी हुँदै फर्किए घर

तनहुँ, १३ असार । तनहुँमा एक वर्षे दुधे बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा ऋषिङ गाँउपालिकाका एक वर्षीय बालक, २० वर्षीय पुरुष, २५ वर्षीया महिला, २८ वर्षीय पुरुष, र घिरिङका २६ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिकाका २२वर्षीय पुरुष पनि रहेका छन् ।सिमा क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई पालिकाको क्वारेन्टाईनमा राखिएको थिाय ।

असार आठ गते कोरोना पुष्टि भएका सबैको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।संक्रमण पुष्टि भएपछि बालकसहित उनको आमालाई पनि अस्पतालको आइसोलेसनमा ६ दिन राखिएको थियो ।योसँगै तनहुँका कोरोनाबाट निको हुनेको संख्या १५ पुगेको छ ।

Related Articles

Back to top button
Close