News

आफ्नै खेतमा धान रोप्न मेलो बनाउदै गरेका रिठ्ठेको ट्याक्टरको रोटाभेटरमा परेर गयो ज्यान

चितवन-खेत जोत्दै गरेको ट्याक्टरको रोटाभेटरमा परेर चितवनमा एक जनाको ज्यान गएको छ । ज्यान जाानेमा अन्दाजी ५६ बर्षका रिठ्ठे दमाई रहेको बताइएको छ ।उनी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ मा खेतमा धान रोप्नको लागि जोत्दै गरेको अवस्थामा ट्याक्टरको रोटाभेटरमा परेका थिए ।

आफ्नै खेतमा धान रोप्न मेलो बनाउदै गरेका रिठ्ठेको ना ७ त ४४८८ नम्बरको ट्याक्टरको पछाडी जडान गरिएको ९रोटाभेटर० जोत्ने मेसिन परेर उनको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button
Close