News

मध्यपुर थिमिकी ४ वर्षीया बालिकामा कोरोना

भक्तपुर — मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । ती बालिकालाई एपेन्डिसाइटिस भएकाले केएमसी अस्पताल सिनामङ्गल लगेको र अस्पतालले ‘नोजल स्वाब’को नमुना संकलन गरेको थियो ।

शनिबार ती बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएको महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।
बालिकालाई एपेन्डिसाइटिस भए पनि अप्रेसन गर्नु नपरेकाले अस्पतालले औषधि दिएर घर पठाइएको थियो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शनिबार साँझ बालिकालाई पाटन अस्पताल लगेको र ठाउँ अभावका कारण शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको डीएसपी कँडेलले बताए ।

बालिकाको परिवारलाई भने ‘होम क्वारेन्टाइन’ मा राखेको र यसैसाता पीसीआर परिक्षण गरिने जनाएको छ । कोरोना संक्रमित बालिकाको ट्राभल हिस्ट्री पत्ता नलागेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close