News

आँफैले चलाएको कार दुर्घटनामा परी न्यूज २४ का पत्रकार पाण्डेको निधन

बुटवल-कार दुर्घटनामा न्यूज २४ का रुपन्देहीका जिल्ला संबाददाता कर्मी कृष्ण पाण्डेको निधन भएको छ ।सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१, ड्राइभर टोलमा गए राति भएको कार दुर्घटनामा परीपत्रकार पाण्डेको निधन भएको हो ।दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिए पनि उपचारका क्रममा उनको ज्यान गएको हो ।

बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको कार उनी आफैले चलाएका थिए । कार सडक किरानाको फलामे बारमा ठोक्किएको बताइएको छ । ३० वर्षीय पाण्डे विगत केही वर्षदेखि न्यूज २४ मा कार्यरत थिए ।उनको शव अहिले पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको बताइएको छ ।

Related Articles

Back to top button
Close