News

कतै नघुमेकी र नहिडेकी भक्तपुरकी ४ बर्षीया बालिकामा कोरोना पुष्टि भएपद्धि सबै अचम्मित, उनी बस्ने घर गरियो शिल

भक्तपुर -कतै नघुमेकी र नहिडेकी भक्तपुरकी ४ बर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमि नगरपालिका बोडे निलवाराही बस्तीको ४ बर्षीया बालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण बहादुर मिजारले बताए । पेट दुखेपछि उपचारको लागि काठमाडौंको सिनामंगल स्थित केएमसी अस्पतालमा लगिएको थिया ।

अस्पतालले एपेन्डिसाईटिसको अपरेसन गर्नु पर्ने भए पछि असार ११ गते कोरोना परीक्षणको स्वाब संकलन गरी पाटन अस्पताल पठाएपछि रिर्पोट पोजेटिभ आएको थियो । कतै नहिडेकी र कतै नघुमेकी बालिकालाई संक्रमण पोजिटिभ देखिए पछि चिकित्सक पनि अचम्ममा परेका छन् । अहिले संक्रमित वालिकालाई थप उपचारको लागि पाटन अस्पताल लगिएको छ र घर सिल गरिएको बताइएको छ ।

Related Articles

Back to top button
Close