Video

गोबिन्द बिकको किरिया बसेकी पत्नी पुजाले खोलिन् यस्ता गम्भिर रहस्य, घटना हुनुभन्दा अघि भएको फोनमा यस्तो भनेका थिए गोबिन्दले (भिडियो हेर्नुस्

काठमाडौ । कैलालीमा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउदको निधनको घटनाले केही आशंका उब्जाएको छ। श्रीमानको किरिया बसेकी गोबिन्दको श्रीमतिले आफुसंग श्रीमानले भनेका केही कुरा सार्वजनिक गरेकी छन् ।

उनले प्रहरी कार्यालयमै आफ्ना श्रीमानलाई जातिय कुरा उठाउने गरेको समेत बताएकी छन् । मलाई कार्यालयमा निकै हेप्छन्, कामीको छोरालाई स्यालुट गर्नुपर्ने भनेर भन्छन् भन्दै सुनाउनुहुन्थ्यो उनले भनिन्, घुस खायो भनेर नभएको कुरा पनि हाकिमलाई लगाइदिन्छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनले श्रीमान ड्युटिमा जानु भन्दा केही समय अघि मात्र फोनमा कुरा गरेको पनि बताएकी छन् । त्यतीबेला म ड्युटीमा जाँदैछु । राति १२ वजे सम्म मेरो ड्युटी छ । भोली कोठामा आएर तिमीलाई पनि अफिस ल्याउँला भनेर भन्नुभएको थियो, उनले भनिन्, अष्टमीमा उहाँकै अफिस देखाउन लैजाने भन्नुभएको थियो । उनलाई श्रीमानले दशैंमा सुनको टप समेत बनाइदिने योजना बनाएका थिए ।

उनले श्रीमानको घटना हुनुमा केही शंका उब्जिएको पनि बताएकी छन् । उहाँ त्यस्तो खतरा ठाउँमा जानुभएको थियो भने माथिका मान्छेलाई पनि थाहा हुनुपर्ने, किन अरुले उहाँको वास्ता गरेनन् उनले भनेकी छन् अफिसमा पनि हेप्छन् भनेर सुनाउनुभएको थियो । उहाँले आफ्नै अफिसमा मेरा दु ष्मन लागेका छन् भन्नुभएको थियो । उनले आफुलाई निकै खतरा भएको पनि बताएका थिए । दुई नम्बरी काम गर्नेहरुले आफुलाई नटेर्ने गरेको बताएका थिए ।

Related Articles

Back to top button
Close