Entertainment

थापा परिवारको दशै: यस्तो रह्यो झरना, सुनिल र सुहानाको टीका

आज हिन्दुहरुको महान पर्व दशैको मुख्य दिन टीका । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् ।

टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ । यस्तैमा फिल्म क्षेत्रका थापा परिवारले पनि आफ्नो टीका तस्वीरलाई सार्बजनिक गरेका छन् । अर्थात अभिनेत्री तथा निर्देशक झरना थापा उनका श्रीमान सुनिल कुमार थापा र यी २ कि एक मात्र छोरी तथा चर्चित अभिनेत्री सुहाना थापाले आफ्नो दशै विशेष तस्विर फेसबुकमा सार्बजनिक गरेका हुन् ।

यी परिवारको फिल्म ‘ए मेरो हजुर-३’ को फर्स्टलुक पोस्टर सार्बजनिक भएको छ । तर कोरोनाको कारण प्रदर्शनको भने टुङो छैन् । थापाले पनि आफ्नो दशै तस्विरहरुलाई आफ्नो सामाजिक संजाल फेसबुक एकाउन्टमा सार्बजनिक गतेका छन् । उनले आफ्नो परिवारमा टीका लगाईसकेपछी संयुक्त तस्विरहरुलाई फेसबुकमा राखेका हुन ।

Related Articles

Back to top button
Close