लिफ्टसँग डराउछु भनेपछि ट्रोेल बनिन् अभिनेत्री सोनम कपुर
एजेन्सी- बलिउडकी चर्चित हट नायिका हुन सोनम कपुर। बोल्ड अभिव्यक्तिका कारण निडर अभिनेत्रीका रूपमा चिनिने सोनम बलिउडमा फेसनको मामिलामा अब्बल मानिने उनी आफ्ना पहिरनकै कारण पनि बेला–बेलामा चर्चामा आइरहिन्छन्।
बलिउडमा धेरै सफल अभिनय गरेकी सोनम बेला बेला विभिन्न कारण चर्चामा आउने गर्छिन । चर्चा र विवादसँग नडराउने उनी लिफ्टसँग भने डराउँछिन्।
एक अन्तर्वार्तामा उनले आफूलाई लिफ्टमा फस्छु कि भन्ने डरले सताउने बताएकी थिइन् । ‘लिफ्टमा एक्लै फस्ने डरले मलाई सधैँ सताइराख्छ,’ उनले भनेकी थिइन्, ‘यसबारे नराम्रा–नराम्रा सपना पनि देख्छु। कहिल्यै पनि त्यस्तो स्थितिमा फस्नु नपरोस् भनी भगवान्सँग बारम्बार प्रार्थना गर्छु।’उनले सामाजिक संजाल मार्फत र लिफ्टसँग डराउछु भनेर स्टाटस लेखेपछि ट्रोलको सिकार भएकी छिन् । उनालाई फ्यानले अनेक अनेक किसिमका कमेन्ट गरिरहेका छन् । जुन कमेन्ट यति बेला सामाजिक संजालमा निकै भाइरल भएको छ ।