NewsVideo

मम्मीको पेटमा बच्चा थियो तर अर्कैसंग भाग्नु भो : छोराछोरीले खोले वास्तविकता (भिडियो)

काठमाडौ । धरानमा एउटा अनौठो घटना भएको छ । एक जना ३४ वर्षीया महिला दिलमाया श्रेष्ठले श्रीमान विदेशमा रहेको बेलामा अन्य पुरुषसंग सम्बन्ध बढाएको आरोप लागेको छ । उनले आफ्नै छोराहरुलाई पनि मलाई आमा होइन आन्टि भन्नु भनेर समेत सिकाएको खुलेको छ । महिलाका साना छोरा भन्छन्, ममीले मलाई आन्टी भन भन्नुहुन्थ्यो ।

श्रीमानले विदेशमा कमाएको पैसा र केही गहना समेत लिएर अहिले उनी हराएकी छन् । श्रीमानले ४ तोला सुन, १० तोला चाँदी र लाखौं रुपैया लिएर हिडेको आरोप लगाएका छन् । महिलाको सौताको छोरीले पनि श्रीमान विदेशमा हुँदा पनि घरमा अरु नै पुरुष आउने गरेको बताउँछिन् । उनले बुवा नभएको बेलामा अर्का एक पुरुष (डम्बर श्रेष्ठ) संग बुढासुब्बा गएर सिन्दुर पोते लगाएको आफुले देखेको बताइन् ।

श्रीमान भन्छन्, म विदेशवाट आएपछि ६ महिनाको गर्भवती थियो । तर मेरो नै होला भनेर मैले प्रश्न गरिन्, गर्भ लिएरै हिडि । धरान उपमहानगरपालिका सुनसरी ५ का जितबहादुर श्रेष्ठले श्रीमति हराएको एक वर्ष पुरा हुँदा पनि फेला नपरेका कारण उनी मिडिया गुहारेका छन् । छोरा आर्यनले पनि बुवा विदेशमा हुँदा आमाले घरमा गर्ने गरेका कृयाकलाप सुनाएका छन् ।

आफु विदेशमै हुँदा अन्य पुरुषसंग सम्बन्ध बनाएको श्रीमतिले श्रीमान विदेशवाट आएपछि पनि मध्यरात सम्म अन्य पुरुषसंग फोनमा कुरा गरेको आफुले थाहा पाएको बताए । सानो छोरा लिएर पल्लो कोठामा जान्थ्यो, उनले मिडियामा भनेका छन्, मैले मध्यरातमा गुनगुन आवाज सुनेर विस्तारै उठेर हेर्न जाँदा सबै थाहा पाए । तल २ वोटा भिडियो छन् हेर्नुहोस


यो पनि : गलत सन्देश प्रवाह गरे कारवाही

मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ ।प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सूचना प्रवाह गर्नेलाई कारवाहीको व्यवस्था भएको जनाएको हो ।

केही दिनअघि विभिन्न व्यक्तिले कोरोना भाइरस सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै दशैँमा कफ्र्यु र सङ्कटकालको घोषणाको तयारी भएको भन्दै सर्ट म्यासेज सर्भिस (मोबाइल एसएमएस) र सामाजिक सञ्जालमा सूचना फैलाएका थिए । गृह मन्त्रालयले नाम लिएर भ्रामक सूचना प्रवाह भएको भन्दै प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीलाई सचेत रहन निर्देशन दिएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “दूरसञ्चार ऐन, २०५३ को दफा (३) ले कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा वा दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्ति हानी नोक्सानी गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिबाट बिगो असुल गरी बिगोबमोजिम जरिवानासमेत गर्न सक्छ ।” ।

Related Articles

Back to top button
Close