News

भारती सिंह भईन् प्रेगनेन्ट, हर्ष र भारतीको घरमा आउँदैछ नयाँ बेबी

एजेन्सी । बलिउडकी हाँस्य क्वीन् भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घरमा खुशीयाली आउने भएको छ । यो खुशियाली अरु अरुभन्दा निकै नै ठुलो र महत्वपुर्ण छ । किनभने भारती आमा बन्ने भएकी छन् । यस कारण भारती र हषै चाँडै नै बन्दैछन् आफ्नो बच्चाको अभिभावक ।

आफु क्युट एउटी परीकी आमा बन्न चाहेको कुरा भारतीले नेशनल टेलिभिजनमा गरिन् खुलासा । भारतीले यो कुराको खुलासा एउटा रियालिटी कार्यक्रममा गरेकी हुन् । जहाँ उनका पति हर्ष पनिसंगै नै थिए । यी दुवैले एउटा रियालिटी सोलाई यतिबेला होस्ट गरिरहेका छन् ।

सोही कार्यक्रम सञ्चालन गर्ने क्रममा भारती र हर्षले एउटा रोमान्टी गीतमा आफ्नो परर्फमेन्स दिएका थिए । उक्त गीतमा उनीहरुको डान्स सकिएपछि भारतीले आफ्नो हातमा रहेको प्रपलाई देखाउँदै भनेकी थिईन्,‘अहिले त मेरो हातमा यो डमी छ । तर २०२१ मा भने मेरो र हर्षको रियल बेबी मेरो हातमा हुनेछ ।’ उनले अगाडी भनिन्,‘यदि अर्को पटकको शो हामीले नै होस्ट गर्ने मौका पायौं भने सायद त्यतिबेला हाम्रो हातमा डमीको साटो आफ्नै बेबी हुनेछ ।’
भारतीको यो कुरामा समर्थन जनाउँदै हर्षले पनि आफ्नो पहिलो सन्तानको रुपमा छोरी नै भएको ईच्छा व्यक्त गरेका थिए । भारती र हर्षको यो कुरा सुनेर सबैले भारती आमा बन्दै छिन् भन्ने कुराको सजिलै अनुमान लगाएका थिए । र उनीहरुलाई शुभकामना पनि व्यक्त गरेका थिए ।

Related Articles

Back to top button
Close