News

कोरोनालाई जित्न जलनेती ?

चीनको वुहान प्रान्तको राजधानी वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइसकेको छ । सन् २०१९ मा पत्ता लगाएको यो भाइरसलाई उत्पत्ति भएको वर्षको हिसाबमा ११ फेब्रुअरी २०२० मा कोरोना भाइरस रोग–१९ नामाकरण गरियो । कोरोना भाइरसको नयाँ प्रजाति सार्स–कोभ–२ को कारणले हुने यो रोगलाई विश्व स्वास्थ्य संगठनले २५ मार्च २०२० का दिन वैश्विक महामारी घोषणा ग¥यो ।

सन् २००३ मा चीनबाट नै सुरू भएको कोरोना भाइरसले झण्डै ८००० जनालाई संक्रमित बनाएर ८०० जानको ज्यान नै लिएको थियो । सन् २०१३ मा साउदी अरेबियाबाट सुरू भएको अर्को कोरोना भाइरसको संक्रमणले झण्डै २५०० मान्छेमा फैलिएर ८०० जानको ज्यान लिएको थियो ।

कोरोना भाइरस एउटा बृहत् परिवारको आरएनए भाइरसहरूको समूह हो । यो भाइरसले आधारभूत रूपमा श्वास–प्रश्वास प्रणालीलाई असर पार्ने भएकाले यस रोगलाई श्वास–प्रश्वास प्रणालीको रोग मानिएको हो ।

कोरोना भाइरसका ७ प्रजातिहरूमध्ये केवल २ प्रजातिहरू मात्र मानव स्वास्थ्यका लागि खतरनाक छन् । यो भाइरसको संक्रमण हुँदा सामान्य रूघाखोकी, ज्वरोदेखि जटिल निमोनिया र अन्त्यमा श्वास–प्रश्वास घात भएर मृत्यु पनि हुन सक्छ । द्रूत गतिमा फैलिने भएकाले कम मृत्युदर भए तापनि यो भाइरस सार्स–२००३ र मर्स–२०१३ भन्दा ज्यादा खतरनाक छ । आजसम्म आधुनिक चिकित्सा विज्ञानले यो रोगको कुनै खास औषधि वा खोप बनाइसकेको छैन भने परम्परागत चिकित्सामा पनि यस रोगको कुनै उपचार छैन । तर योग, प्राकृतिक चिकित्सा, आयुर्वेद, जडीबुटी चिकित्सा र हाम्रा मौलिक रैथाने चिकित्सा पद्धतिहरूमा यस रोगलाई नियन्त्रण गर्ने धेरै विधि र विधानहरू छन् ।

यिनै विधिविधानहरू मध्येको एउटा विधि जलनेती पनि हो । युरोपमा कोरोना भाइरसको महामारी अनियन्त्रित रूपमा फैलिन थालेपश्चात योग विज्ञानमा परापूर्वकालदेखि प्रयोग भइरहेको जलनेतीको प्रयोग गर्न थालिएको छ । हालै मात्र रोयल इन्फर्मरी अफ इडिनबर्गका बेलायती चिकित्सक डा. सन्दीप रामलिङ्गम र साथीहरूले गरेको अनुसन्धानले दर्शाए अनुरूप जलनेतीको र नुनपानीको गलाला(गार्गलिङ्ग)गर्ने गर्दा कोभिड–१९ ले सताउने समय आधै कम भएको अनुसन्धानले देखाएको छ । यसै अनुसन्धानमा कोरोनाका कारणले उत्पन्न नाक थुनिने, घाँटी दुख्ने, खोकीलाग्ने, छातीमा कफ भरिने, स्वर खासिने, टाउको दुख्ने, घाँटी खसखसाउने, हाच्छ्युँ आउने, नाकबग्ने र जिउ दुख्ने-थाक्ने जस्ता लक्षणहरूको निवारणमा पनि जलनेती र गलालाको प्रयोगले मनग्य फाइदा पु¥याएको छ ।

डा. हेमराज कोइराला
के हो जलनेती ?

जलनेती योग विज्ञानमा, माथिल्लो श्वास मार्ग सफागर्नका लागि विकसित गराइएको प्राचीनशोधन पद्धति हो । यस पद्धतिमा माथिल्लो श्वासमार्गलाई हल्का नुनिलो पानी एउटा नाकको प्वालबाट पठाएर अर्को नाकको प्वालबाट निकालेर पूरै श्वासमार्गलाई पखाल्ने गरिन्छ ।

जलनेती गर्नका लागि जलनेती पात्रको आवश्यकता पर्दछ । जलनेती पात्र भनेको हामीले पानी पिउनको लागि प्रयोग गर्ने टुटीदार करूवा आकारको भाँडो हो । रूघा, खोकी, मर्की, नाकको एलर्जी जीर्ण पिनास, गन्ध ग्रहणमा कमीजस्ता समस्यामा यसले अत्यन्त लाभ पु¥याउँछ । जलनेती र गलाको गलाला अब कोरोना भाइरस रोगमा पनि अत्यन्त कारगर सावित भइसकेको छ । यसर्थ कोरोनाको अन्य उपचार पद्धतिहरूसँगै यस उपचारलाई पनि अगाडि बढाउन सकिन्छ ।

विधि

१. जलनेती गर्नका लागि करुवा आकारको जलनेती पात्र लिनुहोस् ।

२. अब उमालेर पानी नथपी सेलाउन दिइएको मनतातो (शरीरको तापक्रमको बराबर) भएको एक लिटर पानीमा १० ग्राम नुन मिलाउनु होस् ।

३. जलनेतीको भाँडामा तैयार गरिएको पानीलाई भर्नुहोस् । जलनेती पात्रको टुटीलाई नाकको एउटा प्वालमा टम्म मिल्ने गरी छिराउनुहोस् । अब टाउकालाई बिस्तारै टुटी छिराएकोभन्दा विपरीततर्फ हल्का ढल्काएर जलनेती पात्रलाई बिस्तारै माथि उठाउँदै जानुहोस् । यसो गर्दा मुखलाई खुला राख्नुहोला । अब एउटा नाकको प्वालबाट छिराइएको पानी अर्को नाकबाट निस्किन थाल्छ । भाँडालाई माथि उठाउँदै जाँदा भाँडाको मुखबाट पानीपोखिनु हुँदैन ।

४. नाकको एउटा प्वालबाट पानी पठाएमा अर्को प्वालबाट पानीबाहिर आउँछ । यसरी एउटा नाकबाट एक भाँडो पानी पठाइसकेपछि अर्को प्वालबाट पनि यसरी नै पानी पठाउनुहोला ।

५. नाकको प्वालहरूबाट पालैपालो पानी पठाउने कार्य पूरा भइसकेपछि नाकलाई सुख्खा बनाउन एवं नाकभित्र जम्माभएको फोहोरलाई बाहिर निकाल्न उभिएर चतुरमुख भस्त्रिका विधि गर्नुपर्छ । चतुर्मुख भस्त्रिका विधि गर्न दुवै गोडालाई एक आपसमा मिलाएर सिधा उभिनुपर्छ । अब दुबै हातका चोर औंलालाई कानमा पसाएर आँखा बन्दगरी माथि–तल–दायाँ–बायाँ फर्किएर जोड–जोडले श्वासबाहिर ¥याक्नुपर्छ । यसले नाकभित्रको फोहोर र पानी निकाल्न सहयोग गर्छ ।

६. चतुरमुख भस्त्रिका पछि नाकलाई टिस्यु पेपर वारूमालले पुछ्नुहोला ।

सावधानी

१. जलनेती गर्दा मुखखुलै राख्नुपर्छ । मुख खुला नभएको खण्डमा नाकमा हालिएको पानी श्वासमार्गतिर सर्किएर दुर्घटना हुन सक्छ ।

२. दुवै नाकबाट पानी हालिसकेपछि नाकलाई पूरा सुख्खा बनाउनुपर्ने हुन्छ । नाकभित्र पानी रह्यो भने जलनेती गरेको केही समयपछि टाउको दुख्ने, रुघा लाग्ने र अन्य असुविधा पनि हुन सक्छ ।

३. पानीजहिले पनि नाकको एक प्वालबाट राखेर अर्काे प्वालबाट आउनुपर्छ । नाकको प्वालबाट राखेको पानीमुख या गलामा आयो भने ध्यानदिनु कि टाउकाको ढल्काइ मिलेन ।

४. जलनेतीपात्रको स्वच्छतालाई विशेष ध्यान दिन हरेकपल्ट राम्ररी पात्रलाई धुने गरौं ।

५. जलनेतीमा प्रयोग गर्ने पानी सफा रमज्जाले उमालेर मनतातो बनाएको हुनुपर्छ । पानीको स्वच्छतालाई कहिल्यै नजर अन्दाजगर्नु हुँदैन ।

६. नाकको पानी सफागर्ने क्रममा बुढी औंला र चोर औंलाले नाक समातीजोडले सिँ–सिँगर्ने गर्नुहुँदैन । यसले कानमा खराबी गर्छ ।

फाईदाहरूः

१. रूघा मर्कीको समस्या भएर नाक बन्दभएको भए खुलाउन मद्धत गर्छ ।

२. नाकबन्द हुने गन्धग्रहण गर्न नसक्ने भएको अवस्थामा पनि यो उपचार पद्धतिले राम्रो फाइदा पु¥याउँछ ।

३. ब्याक्टेरिया एवं भाइरसका कारणले भएको रूघा मर्की एवं सर्दीलाई समेत ठिक गर्न मद्धत गर्छ ।

४. दृष्टिसम्बन्धी समस्याहरू जस्तै दृष्टि सुधार गर्न मद्धत गर्छ ।

५. नाककान घाँटी आँखा पिनासग्रन्थी टाउको आदिका समस्यामा राम्रो गर्दछ ।

६. बारम्बार भइरहने टन्सिलाइटिसलाई निको पार्न मद्धत गर्र्छ ।

७.माइग्रेन, पिनास, अर्धकपाली, अनिन्द्रा, अनियन्त्रितक्रोध आदिमा राम्रो फाइदा पु¥याउँछ ।

८. मिर्गी, हिस्टेरिया, उन्माद, पागलपन, क्षिप्तविक्षिप्त एवं मूढ चित्तलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

९.एलर्जिक राइनाइटिसका लागि अत्यन्त राम्रो गदछ । धुवाँधुलो र प्रदूषणले निम्त्याउने समस्याहरूबाट बचाउँछ ।

१०. असमयमा रौं खस्ने, फूल्ने तालु खुइलिनेजस्ता समस्याहरूमा फाइदा पु¥याउँछ ।

११. मानसिक स्फूर्तिलाई बढाउँछ । शारीरिक थकान पनि कम गर्दछ ।

१२. कोरोना भाइरसको संक्रमणलाई लगाम लगाउन विशेष मद्धत गर्दछ । कोरोना रोगीहरूमा हालसालै भएको अनुसन्धानले दर्शाएअनुरूप जलेनतीको प्रयोगले कोरोना संक्रमणबाट हुने नाक थुनिने, घाँटी दुख्ने, खोकी लाग्ने, छातीमा कफ भरिने, स्वर खासिने, टाउको दुख्ने, घाँटी खसखसाउने, हाच्छ्युँ आउने, नाकबग्ने र जिउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षणहरू जलनेती गर्दा चाँडै निस्तेज भएको पाइएको छ ।

लेखक भरतपुर–१ वागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

Related Articles

Back to top button
Close