नवलपरासीमा क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु
काठमाडौ, असार १४- नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।
उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए÷नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताउनुभयो । रामपुर रामपुर नगरपालिका–४ सदावर्तमा करिव ५५ वर्षीय पुरुष मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। कार्यालय प्रहरी निरीक्षक भीमबहादुर कार्कीको नेतृत्वको टोलीले सो घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।