News

नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

नेपालगञ्ज। कारोना भाइरस रोकथामका लागि औषधि र आवश्यक मेडिकल सामग्री लिएर गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटना भएको छ ।विहान ११ बजेर ३२ मिनट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो ।तर, विमानमा रहेका सबै ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ ।नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटनामा परेको छ ।

जहाज धावनमार्गमा अवतरण गर्नेबेला दूर्घटनामा परेको त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल स्रोतले बताएको छ ।घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले अब कोरोना भाइरसको सम्भावित स‌ंक्रमितको नमुना लिन अर्को विमान जाने बताए ।

Related Articles

Back to top button
Close