News

सुत्ने कोठामा भेटियो २० केजीको अजिङ्गर सर्प

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५-२० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएको अजिङ्गर जिल्ला वन कार्यालय सप्तरीमा सोमबार बुझाइएको प्रहरीले जनाएको छ ।
अजिङ्गर ठूलो सर्प हो, यो प्रायः घना जङ्गलमा बस्छ, तर कहिलेकाहीँ लत्रिएर बस्तीमा पस्छ, यस्तो अवस्थामा उद्धार गरेर उचित बासस्थानमा पुयाउँछौँ”, डिभिजन वनका कर्मचारीले भने ।
अजिङ्गर प्रायः रूखको ठूलाठूला मुडाहरु, सुकेको पातहरु, नदी र ठूला पोखरीहरुका आसपासका घाँसेमैदानमा पनि बस्ने प्राणी हो । यसको टाउको फराकिलो र आँखाहरु साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ । शरीर सेतो र छिरबिरे रङ्गको हुन्छ ।
अजिङ्गर विषालु हुँदैन तर सचेतनाको अभावले यसलाई देख्नेबित्तिकै सर्वसाधारण डराउँछन्, यसले नजिस्काउँदासम्म मानिसलाई टोक्दैन नेपालमा रक पाइथान र बरमिज गरी दुई प्रकारका प्रजाति पाइए पनि रुपन्देहीमा रक पाइथान पाइएको छ ।

Related Articles

Back to top button
Close