बिगत ११ बर्षदेखी बिस्तारामै ढलेको जिन्दगि , न बस्नु छ न हिड्नु रोएरै बित्छ दिनरात ( भिडियो हेर्नुस् )
गुल्मी, सपना सबै उडायो हुरिले भने जस्तै जुठे सुनारको जिन्दगीका अनगिन्ती सपनाहरु छिभरमै मेटिएको ११ बर्ष भयो । गुल्मीको मालिका गाउपालिका निवासी जुठे सुनार देख्दा हसिल मुहार खुलेर बोल्ने उन्को स्वभाब तर उनको शरीरले भने उनलाई साथ दिएको छैन घर अघिको दलानमा एउटा ओछ्यान छ ।
तेइ ओछ्यानमा लडेका छन उनी सुतेरै खाना खान्छन सुतेरै दिसा पिसाब बच्चा बाच्चिको जस्तै जिन्दगी,
दिनभर तेइ बहिर सुत्छन, राती भाई श्रीमतीले उचालेर भित्र लैजान्छन ।
आफन्तको धानको बोरो बोकेर हिड्दै गर्दा भिरबाट लडेर उनको यस्तो अवस्था भएको बताउछन उनी । अहिले उनी ४७ बर्षका भए, उनका छोरा छोरी पनि छन । बैदेसिक रोजगारको लागि भारत पनि गए उता पनि सोचे जस्तो भएन ।
दिनभर घर बाट तेइ बिस्तारा बाट देखिने पारीको जङ्गल मात्र हेरेर दिन बिताउछु, तपाईं हरु आएको देख्दा भाई हरु बिदेस बाट आउँदा आशु आउछ भन्दै गह भरी आशु पार्दै आफ्नो दुखी जिन्दगीको कथा यसरी सुनाउछन
भिडियो हेर्नकालागी तलको लिङ्कमा क्लिक गर्नुहोला