News

पछिल्लो २४ घण्टामा २२ सय ६४ निको भए, कोरोनाबाट एकै दिन २३ संक्रमितको मृत्यु

काठमाडौं, १६ कात्तिक । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ६४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार २ सय ६४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

यो निको हुनेको कुल प्रतिशतमा ७७ दशमलव ७ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३७ हजार ७ सय ६५ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ३ सय ८६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १३ हजार २३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १४ लाख ५६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।

Related Articles

Back to top button
Close