News

साथीसंग खेलीरहेका ९ वर्षका रघुवीरको एकाविहानै टिपरले लियो ज्यान

काठमाडौ । भैरहवामा सोमवार विहानै टिपरको ठक्करवाट एक बालकको निधन भएको छ । भैरहवा–लुम्बिनी सडक खण्डको मतकलवामा टिपरले ठक्कर दिँदा एक बालकको निधन भएको हो ।

सोमबार बिहान बेथरीबाट भैरहवातर्फ आउँदै गरेको लु.१क ११७४ नम्बरको टिपरले ठक्कर दिँदा मायादेवी गाउँपालिका–८, मतकलवाका सुग्रिव हरिजनका नौ वर्षीय छोरा रघुवीर हरिजनको निधन भएको प्रहरीले जनाएको छ ।

साथीसँग सडकछेउमा खेलिरहेका बालकलाई द्रुतगतिमा आइरहेको टिपरले ठक्कर दिँदा बालकको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ। बालकलाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्यत्रण लिएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close