News

फेरि १४ दिन लकडाउन गर्न आग्रह

बागलुङ १७ कार्तिक / बागलुङ बजारमा कोरोना संक्रमण बढ्न थालेपछि उद्योग वाणिज्य संघले लकडाउन गर्न आग्रह गरेको छ । उद्योग वाणिज्य संघले १४ दिन लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकालाई आग्रह गरेको छ ।

संघको हिजो बसेको बैठकले समुदायमा थप संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै लकडाउनको लागि आग्रह गरेको हो ।

संक्रमण थप फैलिन नदिनका लागि आफूहरु व्यवसाय बन्द गर्न तयार रहेको भन्दै संक्रमण न्यूनिकरणका लागि आफूहरुले सक्दो सहयोग गर्ने संघका महासचिव नरेश कँडेलले बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थासहित अन्य व्यवसाय १४ दिन बन्द गर्ने गरी जिल्ला प्रशासन र बागलुङ नगरपालिकालाई पत्राचार गरेको जानकारी दिनुभयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बागलुङमा अहिलेसम्म ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ७९ जना आइशोलेसनमा छन् ।

Related Articles

Back to top button
Close