News

तिहारको मुखमै काठमाडौं बासीलाई आयो अत्यन्त दुःखद खबर! पुरा पढ्नुहोस्

बितको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १६३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ७०२ र पुरुष ९२८ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल काठमाडौंमा १० हजार ७९७, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार २५७ जना होम आइसोलेशनमा रहेका छन् भने काठमाडौंमा १६ हजार ११८, भक्तपुरमा १ हजार ३३ र ललितपुरमा २ हजार २८८ सक्रिय संक्रमित रहेका छन् । होम आइसोलेशनमा रहेका बाहेकका संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् । ७७ जिल्लामध्ये मनाङ, मुस्ताङ र बाजुराबाहेकका जिल्लामा सक्रिय संक्रमित रहेका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close