News

सलह कीराको हुल काठमाडौं उपत्यकामा पनि आइपुग्यो

काठमाडौं, १६ असार । मध्यपूर्वी तराईबाट गत असार १३ गते राति नेपाल प्रवेश गरेको सलह पश्चिम तराई र बिभिन्न पहाडी जिल्ला हुँदै काठमाडौं उपत्यकामा पनि प्रवेश गरेको छ
आज अपरान्ह काठमाडौं प्रवेश गरेको सलह एकाएक पहिला काठमाडौंको असनको आकाशमा देखिएको थियो ।
चराको आक्रमणपछि भुईमा झरेका सलह खेलाउँदै एक काठमाडौंवासी
सलह कीराको हुल काठमाडौं उपत्यका भित्रको जमिनमा बसिनसके पनि चराहरुको आक्रमण पछि केही भुईमा झरेका छन् ।

तराई र पहाडका बिभिन्न जिल्लामा बालीमा क्षति पुर्याएको सलह हावाको वहावसंगै काठमाडौं प्रवेश गरेको बताइएको छ ।

Related Articles

Back to top button
Close