News

प्रदेश नं.१ मा ४१ हजार ३ सय ३९ जनाको कोरोना परीक्षण

देश नं १ मा अहिलेसम्म ४१ हजार ३ सय ३९ जनाको कोरोना परीक्षण भएको छ ।

परीक्षण भएकामध्ये पीसिआर विधिबाट २३ हजार ५ सय ७७ र आरडिटी विधिबाट १७ हजार ७ सय ६२ जना रहेका छन् ।

यो पढ्न छुटाउनु भयो कि
काठमाडौं उपत्यकामा एकैदिन भेटिए १४ जना कोरोना संक्रमितहरु
शिक्षण अस्पतालमा उपचाररत ४५ दिनको शिशुमा काेराेना देखियाे
थप *३१६ जनामा कोरोना अहिलेसम्मको संख्या १३ हजार ५ सय ६४ पुग्यो
सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशखाद्वारा आज त्यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

महाशाखा प्रमुख सागर प्रसाइँका अनुसार वैशाखमा पिसिआर विधिबाट दुई हजार ४ सय ३९ र आरडिटी विधिबाट ८ हजार ६ सय ७४, जेठमा पिसिआर विधिबाट १२ हजार ९ सय २१ र आरडिटी विधिबाट ६ हजार ९ सय २७ तथा असार १५ सम्ममा पिसिआर विधिबाट ८ हजार २ सय १७ र आरडिटी विधिबाट २ हजार १ सय ६१ जनाको परीक्षण भएका छन् ।

सो अवधिमा ३ सय ९२ जना सङ्क्रमित उपचार पछि निको भएर घर फर्किसकेको उनले बताए । अहिले विभिन्न आइसोलेसन कक्ष एवं उचार केन्द्रमा १ सय ७५ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

पछिल्लो २४ घन्टामा १ नम्बर प्रदेशमा १० जना नयाँ सङ्क्रमित भेटिएका छन् । तीमध्ये झापाका ४, सङ्खुवासभाका ३, सुनसरीका २ र खोटाङका १ जना छन् ।

Tags :नेपालमा काेराेना
यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला ।

Related Articles

Back to top button
Close