News

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पोखरा, १७ असार । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । प्रदेश क्षयरोग केन्द्र (पोखरा) पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल (चितवन)मा गरिएको परिक्षणमा थप २८ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका एक, एक जनामा काेराेना सङ्क्रमण देखिएकाे छ ।

याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ । नयाँ थपिनेमा ९ जना महिला रहेका छन् ।
सङ्क्रमितमध्ये केहीलाई आईसोलेशनमा राखिसकिएको र केहीलाई लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माका अनुसार नवलपरासी (ब.सु.पू.) र कास्कीका सबै संक्रमितलाई आइसोलेसन राखिसकिएको छ । साथै गोरखा सहिदलखन गाउँपालिकाको संक्रमितलाई कोरोना अस्पताल, भरतपुर राखिएको छ ।

Related Articles

Back to top button
Close