News

यी हुन ५४ बर्षिया महिला ट्रक चालक, सडकमा हेर्नुहोस् यिनको सान (भिडियो)

एजेन्सी। मान्छे ५० कटेपछि बुढो भएको महसुस गर्न थाल्छन् तर एक यस्ती ट्रक चालक पनि छिन् जो अझै युवा जोश साथ सडकमा गाडी चलाउछिन्। पाकिस्तानको एक महिला शाहमीन अख्तरले ५४ वर्षको उमेरमा पनि ट्रक चलाउछिन् । उनी देशको नै पहिलो महिला ट्रक चालक हुन् । उनी जस्तो महिला ट्रक चालक हुनु पाकिस्तानको गौरवको कुरा हो । पाकिस्तानमा उनी मात्र यस्तो महिला हुन जोसँग ठुला सवारी चलाउने लाइसेन्स छ।

उनी पाँच सन्तानकी आमा हुन् । चालक हुनु अगाडी उनले कपडा सिलाउन सिकाउने शिक्षक थिइन् । स्कुल बन्द भएसँगै लाइसेन्स प्राप्त गरीन् । उनले इस्लामबाद बाट रावलपिंडीको बीचमा ट्रक चलाउँछिन् । उनले ५३ वर्षको उमेरमा ड्राइभिङ स्कुल पनि खोलेर सिकाउदै आएकी छिन् । शाहमीनलाई छिमेकीले महिला होइन पुरुषको नजरले हेर्ने गरेका छन् । उनी हाल छुटेको पढाई निरन्तर गर्ने तयारीमा छिन्।

यसैबिच, पाकिस्तानकै अर्को समाचार अनुसार मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बन्नुभएको छ। जोहर पाकिस्तानको ख्यवरपाख्तुङ्ख्या राज्य स्वावी जिल्ला, पञ्जपीरका स्थायी वासिन्दा भएको आइएसपीआरले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ। उहाँ मेजर जेनरलमा सन् २०१७ मा पदोन्नती हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बन्नुभएको थियो।

Related Articles

Back to top button
Close