News
कञ्चनपुरमा ८ फिट ९ इन्च लामो ४० किलोको विशाल अजिंगर भेटिएपछि
काठमाडौं । कञ्चनपुरमा ४० किलोको अजिंगर फेला परेको छ ।
सोमबार राती कञ्चनपुरको कृष्णपुर नगरपालिकामा लोपोन्मुख रक पाइतन नामको अजिंगर फेला परेको बन कार्यालयले जनाएको छ ।
स्थानियले नगरपालिकाको गैरशंकर सामुदायिक वनमा लोपोन्मुख अजिंगर फेला परेको जानकारी दिएसँगै वन कार्यालयका अधिकारीहरु गएर नियन्त्रणमा लिएका हुन् ।
लठ्ठ परेको अवस्थामा अजिंगर फेला परेको र उद्धार गरिएको अजिंगरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिएको बन कार्यालयले जनाएको छ ।
विश्वमा रहेका अजिंगरहरुमध्येमा यो पनि स्ररक्षित जातीमा पर्ने र यो अजिंगर लोपोन्मुख भएको बताइएको छ ।
डिभिजन कार्यालयका अनुसार उक्त अजिंगर ८ फिट ९ इन्च लामो रहेको छ